चार वर्षीय बालिका बलात्कार गर्ने जेल चलान



सोलुुखम्बु, कात्तिक १९ – चार वर्षीया बालिका बलात्कार गर्ने सल्यान–४ सोलुखुम्बुका नवीन जोशीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

गत असोज २२ गते जङ्गलमा गाई चराउन गएको बेला एक्लै भएको मौका पारी बालिकालाई बलात्कार गर्ने जोशीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धानपछि मङ्गलबार जिल्ला अदालतमा पेस गरेको हो ।
अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न दिएको आदेशअनुसार जेल चलान गरिएको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
यसैबीच खुम्जुङ–८ की एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका गुदेल–८ निवासी निरकुमार राईलाई पनि मङ्गलबार नै जिल्ला अदालत सोलुखुम्बुले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
 source:ratopati




प्रतिक्रिया दिनुहोस्...