प्रेमिकाले नै जलाइन् प्रेमीलाई



नेपालगन्ज : आफनै प्रेमिकाले  जलाएर मार्न खोज्दा बाँकेमा एक प्रेमी गम्भिर घाइते भएका छन्।

गएराती नेपालगन्ज –६ का ४८ वर्षिय शुरेन्द्र कुमार शुक्लालाई उनकी प्रेमिका निलम सोनारले आगो लगाएर जलाउने प्रयास गरेकी हुन्। विगत १ वर्ष अघि देखि प्रेम सम्बन्ध राख्दै आएका सोनार र शुक्ला बेलाबेलामा सोनारकै घरमा सँगै बस्दै आएका थिए।

रिक्सा मजदुरीको काम गर्ने शुक्लाको नाममा रहेको जमिन आफनो नाममा पास गरिदिनका लागि सोनारले बेलाबेलामा दबाब दिने गरेको शुक्लाले बताए। घटना भएको गए राती समेत शुक्ला र सोनार सँगै बसेका थिए । जमिन पास गरिदन दबाब दिई राती १२ बजे एउटै कोठामा सुत्न  गई  प्रेमिका निलमले मट्टितेल छर्किएर आगो लगाई ढोका बन्द गरी भागेको प्रेमी शुक्ला बताउँछन्।

शुक्लाको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भैरहेको छ । उनको ३३ प्रतिषत शरिर जलेको चिकित्सकले बताएका छन । प्रहरीले अनुसन्धानका लागी शुक्लाकी प्रेमीका सोनारलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक शुसिल सिँह राठोरले जानकारी  दिएका छन्। source:dainaik online khabar





प्रतिक्रिया दिनुहोस्...