मालीमा इबोला पीडित नर्सको मृत्यु



काठमाडौं, कार्तिक २६ । मालीमा इबोला पीडित नर्सको मृत्यु भएको छ । गिनीबाट फर्केका इबोला संक्रमितको उपचारमा संलग्न नर्स आफै संक्रमित भएपछी मालीको राजधानी बामाको एक क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।

नर्सको मृत्यु संगै मालीमा इबोलाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । पश्चिम अफ्रिकाबाट फैलिएको इबोलाका कारण गिनी, लाइबेरिया, र सियरालियोनमा मात्रै पाँचहजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
source:imagekhabar




प्रतिक्रिया दिनुहोस्...