वैज्ञानिकले बनाए ‘हावा छाता’, अब हावाले नै दिनेछ ओत



अब छाताको छानो कत्रो छ ?  एउटा कतिजना सम्मलाई ओत देला ? कतै च्यातिएको पो छ की ? चुहिन्छ की ? भनेर चिन्ता लिनु नपर्ने भएको छ । वैज्ञानिकहरुले यस्तो छाताको आविष्कार गरेका छन् जो छोटो लठ्ठी जस्तै छ र सोही लठ्ठीले जस्तोसुकै झरीमा पनि जिउमा एकथोपा पानी पर्न दिनेछैन र पूर्ण रुपमा ओत लगाउनेछ ।


चिनिया वैज्ञानिकहरुले बनाएको उक्त छातालाई ‘एयर अम्ब्रेला’ अर्थात् हावा छाता नाम दिइएको छ । यसको नाम जस्तै काम पनि छ । किनकी यसमा पानी तर्काउन वा ओत दिनका लागि कुनै चिजवस्तुको प्रयोग गरिएको छैन ।

हेयर ड्रायर आकारको एक प्लास्टिकको छडी भएको यो छाताले ३ गोलाकार क्षेत्र भित्र ओत प्रदान गर्न सक्छ ।
चीनको बेइजिङ तथा नान्जिङका विद्यार्थी शोधकर्ताहरुले यस्तो अत्याधुनिक छाताको आविष्कार गरेका छन् ।

अदृश्य हावाको छानोयुक्त यो छाताको माथिल्लो भागमा तिब्र गतिमा सबैतर्फ हावा फ्याँक्ने प्रविधि जडान गरिएको छ । हावा यति तिब्र गतिले सबैतर्फ फ्याँकिन्छ की आकाशबाट झरेको पानीलाई हावाले नै टाढा हुत्याइदिन्छ, ३ फिट परसम्म । अनि सो लठ्ठीमुनि कम्तिमा पनि दुइ जनाले ढुक्कले ओत पाउँछन् ।




प्रतिक्रिया दिनुहोस्...