घाँसे मेसिनले दुवै खुट्टा लग्यो
अस्पतालको बेड नम्बर ४५४ मा रहेका उनले बिलौना गरे, 'जिन्दगी बर्बाद हुन समय लाग्दो रहेनछ ।'
अर्को दुर्भाग्य, उनी काम गर्ने ठाउँबाट अस्पताल निकै टाढा पर्छ । डाक्टरले दुई घन्टा पहिला आएको भए जोडिने सम्भावना रहेको बताएको उनले सुनाए । तर, चाँडो पुग्न सम्भव थिएन । 'नजिकैको मैदानमा एक जना पाकिस्तानी घाँस काटिरहेका थिए । उनले देखेछन् । दौडेर आए । उनलाई कपडा लिन र मुदिरलाई खबर गर्न भनें । उनी दौडिर क्याम्पतिर लागे,' उनले भने, 'काटिएको भागबाट रगतको छिर्का गइरहेको थियो । बढ्ता रगत गएको बायाँ खुट्टाको तिघ्रामा आफ्नै टिसर्ट च्यातेर बाँधिदिए । थप रगत बग्न दिइनँ । अर्को खुट्टा बाध्न कपडा थिएन ।'
दुर्घटनास्थलमा उनी एक्लै थिए । 'औडाहा हुन्थ्यो । बेहोस होइएलाजस्तो लाग्थ्यो,' उनले भने, 'जति पीडा हुन्थ्यो । त्यति पानी पिउँथें । त्यसले ऊर्जा दिन्थ्यो । मुटु पोल्दा छातीमा हान्थें । त्यसरी हान्दा मुटु चलिरहेको अनुभव हुन्थ्यो ।'
निकै बरेपछि एम्बुलेन्स र प्रहरी आइपुगे । त्यतिन्जेलसम्म खुट्टाबाट थप रगत बग्न छोडिसकेछ । त्यसपछि हेलिकप्टर आइपुग्यो र अस्पताल पुर्यायो । 'अहिले त्यो घटना सम्झँदा पनि निकै डर लाग्छ । ढुकढुकी बढ्छ,' उनले भने, 'तर पनि नयाँ जिन्दगी पाएको छु ।'
