मृग मार्न खोज्दा साथीकै ज्यान गयो



अनुसन्धान पछि जानकारी दिएको छ । मृतक उदय गीरीका छोराले किटानी जाहेरीका आधारमा प्रहरीले गुरुङ्ग सहीत ९ जनालाइ नियन्त्रणमा लिएको जनाएको छ ।


प्रहरी निरीक्षक डम्बरबहादुर चन्दले मृतकको दायाँ कोखमा गोली लागेको र थप अनुसन्धान जारी रहेको बताए ।

पक्राउ परेका कसैले पनि गोली चलेको स्वीकार गरेका छैनन् । उनीहरुले रुखवाट लडेर गिरीको मृत्यु भएको बयान दिएका छन् ।  पक्राउ पर्नेमा बगरकोट गाविसका भिमबहादुर गुरुङ, मिनबहादुर पुन, रुपाल गाविस वडा नं १ का चक्रबहादुर नाथ , धनी नाथ, बगरकोट ५ का करन घर्ती मगर, प्रेम घर्ती मगर, कृष्ण थापा र भागेश्वर गाविसका  भाष्कर भट्ट रहेका छन् । प्रहरीले उनीहरुबाट बरामद ५ थान हतियार अबैध भएको समेत जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्...