इबोलाले मरेका ब्युतिए पछि के गरे ? (भिडियोसहित)



लाइबेरियामा इबोलाले मरेका एक व्यक्ति व्युँटिएपछि डाक्टरहरु चकित भएका छन् । पत्याउने नसक्ने यो घटना लाइबेरियाको राजधानी मोनरोविओको अस्पतालमा भएको हो।

इबोलाविरुद्ध परिचालित चिकित्सकको टोलीले उनलाई इबोला भाइरस फैलन नदिन मृत घोषित गर्दै शवमा ब्लीच लगाउन सुरु गरेका थिए । त्यसपछि शवलाई मुर्दाघरमा राखिएको थियो। तर चिकित्सकहरु त्यतिबेला छक्क परे जब मृत घोषित व्यक्ति नाडी हल्लाउन थाले । त्यो देखेर डरले काँमिरहेका चिकित्सक चिच्याए, ‘उ जीवित छ मरेको छैन।’त्यसपछि उनलाई फेरि अस्पताल पठाइयो। लाइबेरियामा घातक इबोलाका कारण दुई हजार व्यक्तिको ज्यान गइसकेको छ।एजेन्सी






प्रतिक्रिया दिनुहोस्...