गाडी त्रिशुलीमा खस्यो, ३ जना बेपत्ता



धादिङ, कार्तिक ३ । काठमाडौँबाट धादिङको चरौदीतर्फ जाँदै गरेको तरकारी बोक्ने गाडी पृथ्वीराजमार्गअन्तर्गत् धादिङको गजुरी गाविस–२ फुर्केखोलाबाट त्रिशुली नदीमा खस्दा ३ जना बेपत्ता भएका छन् ।


बेपत्ता हुनेमा गाडीका चालक विमल खड्का, सहचालक सुरेन्द्र परियार र अर्का सहचालकको नाम खुल्न सकेको छैन । गाडीमा अन्य केही यात्रु पनि रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

गाडी त्रिशुलीमा डुबिरहेको र साँझ परेकोले उद्धार गर्न कठीनाइ भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्...