चीनमा यसरी भयो दाजुबहिनीको विबाह



चीनमा एउटा विवाहीत जोडीले स्वस्थ गर्भको लागि अस्पतालमा जाँच गराउँन खोज्दा दाजुबहिनीको नाता प्रमाणीत भएको छ । अस्पतालमा डिएनए परिक्षण पश्चात् झण्डै १०० प्रतिशत उनीहरुको हाडनाताको सम्बन्ध भेटिएपछि यो खबर जोडीको लागी दुखदायी बन्यो ।

ती विवाहित महिलाका बाबुले आफ्ना पतिको आमासँग प्रेमविवाह गरी छोरा जन्माएको कुरा बल्ल स्विकारेपछि यो घटनाको पुष्टि भएको हो । उनले दोस्रो महिलाबाट छोरीको जन्म भएको पनि बताए । ती बालबालिकाहरु गाउँमा हुर्किएर किशोरावस्था सम्म आईपुग्दा एकअर्कामा प्रेम गरी वैवाहीक जीवनमा बाँधिनपुगेका थिए ।विवाहीत किशोरकी आमाको भने २० वर्ष अगाडी नै देहावसान भई सकेको थियो । विवाहीत जोडीको अनुहार पनि मिल्दोजुल्दो छ । विवाह गर्ने महिलाका बाबुले उनका पतिको ईतिहाँसबारे थाहा नभएको वा जानीजानी पनि खुलासा गर्न नखोजेको भन्ने बारेमा स्पष्ट नभएको निका संचारमाद्यामहरुले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्...