लज्जाले गर्यो तीन दिनमा ७८ लाखको ब्यापार
काठमाडौं, कर्तिक १० – अपेछितभन्दा धेरै कलेक्सन गर्दै लज्जाले तीन दिनमा ७८ लाख ५० हजारको आक्रमक कलेक्सन गरेको छ ।

गत शुक्रवार देखि प्रर्दशन भएको लज्जाले राजधानीका ११ वटा पर्दाबाट ४१ लाख ५० हजारको ब्यापार गर्यो भने मोफसलका ५३ पर्दाबाट ३७ लाखको ब्यापार गरेको छ । छवि राज प्रोडक्सनको यो फिल्मले लगानी उठाउन चाँहि १ करोड ३० लाखको ब्यापार गर्नुपर्दछ । आज चौथो दिन पनि लज्जाको विजनेश रेसियो घटेको छैन् । विशेष गरी चौथो दिनमा आईपुग्दा मोफसलमा लज्जा हेर्ने दर्शकको संख्या झन बढेको छ । नारी बिषय बस्तुमा बनेको लज्जामा आर्यन सिग्देल र शिल्पा पोखरेल मुख्य भूमिकामा छन् । छविराज ओझको यो फिल्मलाई रेखा थापाको अघिल्लो फिल्म कालीको बिजनेस कलेसक्न संग दाजिएको छ । महिलाको कथा रहेकाले फिल्म हेर्न महिला दर्शक ज्यादा हलमा देखिएका छन् । यसैगरी आज पहिलो पटक फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र शिल्पा पोखरेलले फिल्म हेरे । गुण सिनेमा ग्वार्कोमा आयोजित प्रेस शोमा शिल्पाले फिल्म हेर्दै गर्दा आँशु समेत झारिन । म त रोए छु आफैलाई हेरेर । मिडियालाई प्रतिक्रिया दिदैथिईन् उनी । आर्यनले फिल्मको पात्र आफूमा सधै खोज्ने तर्क गर्दै निर्देशकको प्रशंशा गरेका छन् । लज्जा संगै प्रर्दशन भएको स्टुपिड मनको ब्यापारिक रिपोर्ट भने प्राप्त भईसकेको तर लज्जाको अगाडी निकै कम ब्यापार गरेको छ स्टुपिड मनले । यसैगरी शाहरुख खानको हिन्दी फिल्मले नेपालबाट ३ करोड माथिको ब्यापार गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्...