यसरी छोड्न सकिन्छ हस्त मैथुन गर्ने बानी



हस्त मैथुन बयस्क पुरुष तथा महिलाका लागि कुनै अनौठो विषय होइन् । प्राकृतिक यौन संसर्गको ब्यवस्था नहुँदा बयस्कहरुले सामान्यतः हस्त मैथुन गर्छन् ।

हस्त एक सातामा ३ देखि ७ पटक सम्म हस्त मैथुन गर्ने बानी छ भने यसलाई सामान्य नै मानिन्छ । तर त्यस भन्दा बढी हस्त मैथुन गर्नु हुन्छ भने सम्झिनुस् तपाइँलाई यसको लत नै लागि सक्यो । हस्तमैथुन प्राकृतिक मैथुनको अभावमा राम्रो विकल्प त हो तर यो गर्दा ध्यान पुर्‍याइएन भने यसका नकारात्मक प्रभाव पनि छन् । हस्त मैथुन गर्दा हातमा केही समस्या छ भने त्यसले यौनाङ्गमा नकारात्मक असर पनि पार्न सक्छ । कतिपय अवस्थामा अत्याधिक मैथुन गर्दा यौनाङ्ग सुन्निने समस्या समेत हुन्छ । त्यतिमात्र होइन अत्याधिक हस्त मैथुनले बाँझोपनको समस्या ल्याउन सक्छ । पुरुषमा विर्यमा शुक्रकिटको अभाव हुने र महिलामा ओभमको संख्या कम हुँदा बच्चा हुन गाह्रो हुने समेत चिकित्सकहरु बताउँछन् । यहाँ हस्तमैथुनको बानी हटाउने केही सरल उपाय प्रस्तुत गरिएको छ । १ तपाइँलाई यौन उत्तेजनामा ल्याउने विषय तथा कुराहरुबाट टाढा बस्नुस् । २ एक्लै बस्ने बानी छोड्नुस् सामाजिक तथा खेलकुदमा ब्यस्त बन्नुस् । ३ शरीरमा उर्जा थप्ने फलफूल र तरकारी सेवन गर्नुस् । ४ यस्तो लतबाट छुट्नका लागि परामर्श लिनुस् । ५ हस्त मैथुनको बानी छोड्नका लागि भित्रै देखि प्रण गर्नुस् । ६ यो लत छुटाउन सघाउने संस्था वा ब्यक्तिसँग सम्पर्क गर्नुस् ।




प्रतिक्रिया दिनुहोस्...