आगलागीमा दुई बालबालिकाको मृत्यु



सोलुखुम्बु— सोलुखुम्बुको गोराखानी ८ स्थीत लाप्चामा एक घर आगोलागी हुदा दुई बालबालिकाको ज्यान गएको छ। आज बिहान भएको आगोलागीबाट स्थानीय पुसबहादुर तामाङको बर्ष ९ का नाती पूर्णबहादुर तामाङ र ५ बर्षिय नातिनी पासाङ ल्हमु तामाङको जलेर मृत्यु भएको हो।

घरमा अन्य अभिभावकहरु कोही नभएको समयमा आगोलागी भएको थियो। पुसबहादुरका नाम नखुलेका छोरा जिल्ला बाहिर रहेको बुझिएको छ। जलेर घरका सबै सम्पत्ति जलेर नष्ट भएको छ। घरभित्र रहेका अन्य ३ बालबालिकाहरु भने निकाल्न सफल भएको स्थानीय आङछेवाङ दोर्जी शेर्पाले जानकारी दिए।

आगोलागी नियन्त्रणका लागी नजिकका अन्य गाउलेहरुले थाहा नपाएकाले आगो नियन्ण गर्न समेत गाह्रो भएको थियो । घर एकान्तमा रहेकोले पनि अरुले थाहा नपाए पछि सहयोग नपाईएको हो। आगलागीबाट के कत्ति भौतिक क्षति भयो भन्ने बारे यकिन विवरण आईनसकेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्...