बारम्बार भोक लाग्छ भने अपनाउनुस् यी तरिका



आफ्नो तौल कम गर्नका लागि खानामा कटौती गरिरहेको बेला बारम्बार भोक लाग्नाले प्रायजसो मानिसहरुलाई समस्यामा पारेको हुन्छ । जब मानिसहरुलाई भोक लाग्छ तब त्यो भोकलाई शान्त पार्नका लागि उनीहरु जे पनि खाने गर्दछन् । यो निकै साधारण व्यवहार हो । यदि तपाईंलाई आफ्नो तौल घटाउनु छ भने त्यसका लागि तपाईं भोकै बस्नैपर्छ भन्ने छैन ।

भोक त्यतिबेला लाग्छ जब तपाईं दिनभरि केहि खानुहुन्न अथवा निकै लामो अन्तरालपछि मात्र केहि खानुहुन्छ । यदि तपाईं केहि नियमको पालना गर्नुहुन्छ भने तपाईंलाई बारम्बार भोक लाग्दैन । आउनुहोस् थाहा पाऔँ केहि यस्ता तरिका जसले तपाईं छिटोछिटो भोक लाग्नबाट बचाउँछ –
१. हरेक घण्टा पानी पिउनुहोस्ः
हरेक एक घण्टामा पानी पिउनुहोस् । यदि तपाईं हरेक घण्टा पानी पिउनुहुन्छ भने तपाईंको पेट भरि नै रहन्छ र तपाईंको शरिर हाइड्रेट पनि रहन्छ ।
२. खानामा दालचीनीको प्रयोगः
दालचीनीले शरिरमा सुगर लेवललाई मेन्टेन गर्ने गर्दछ । यसले तपाईंको पाचन क्रियालाई सुस्त बनाउन सहयोग गर्दछ जसका कारण तपाईंलाई लामो समयसम्म भोक लाग्दैन ।
३. बिस्तारै खानुहोस्ः
यदि तपाईं हतारमा खानुहुन्छ भने तपाईंको पेट चाँडै नै भरिने गर्दछ जसले गर्दा तपाईंलाई चाँडै नै भोक लाग्ने गर्दछ त्यसकारण बिस्तारै खाना खानुहोस् र निकै चपाएर खानुहोस् ।
४. जुस नभई फलफूल नै खानुहोस्ः
फलफूलको जुसभन्दा सिङ्गो फलफूल नै खानुहोस् । तरल पदार्थ हुने भएका कारण जुस चाँडै नै पच्ने गर्दछ तर फलमा रेसा हुने भएका कारण पेटमा अलि बेरसम्म अडिने गर्दछ ।
५. चिनि नखानुहोस्ः
चिनि खानाले शरिरमा एक छिनका लागि तुरुन्त उर्जा पैदा गर्ने गर्दछ र एकैछिनमा शरिरको उर्जालाई निकै कम गर्ने गर्दछ । त्यसकारण जब शरिरमा चिनिको मात्रा कम हुने गर्दछ तब निन्द्रा लाग्ने गर्दछ । त्यसैले चिनिबाट टाढा बस्दा नै राम्रो हुन्छ ।
६. फाइबरयुक्त खानेकुराको सेवनः
फाइबरयुक्त खानेकुरा पच्न अलि समय लाग्ने गर्दछ त्यसकारण यदि तपाईं आफ्नो खानामा फाइबर समावेश गर्नुहुन्छ भने तपाईंलाई चाँडै भोक लाग्दैन ।
७. कफी वा चिया पिउनुहोस्ः
कफी वा चिया पिएर पनि तपाईंले आफ्नो भोकलाई कम गर्न सक्नुहुन्छ ।
८. प्रोटिन डाइट खानुहोस्ः
तपाईं प्रोटिनको रुपमा चिकन वा मासुलाई ग्रिल गरेर सेवन गर्नसक्नु हुन्छ । यसले तपाईंलाई चाँडै भोक लाग्नबाट बञ्चित गर्दछ ।
९. सानो आहार खानुहोस्ः
यदि तपाईं दिनमा तीन पटक मात्र खानुहुन्छ भने अबदेखि तपाईं ६–८ पटक खान सुरु गर्नुहोस् । यसरी खाँदा एकपटकमा निकै कम खानेकुरा खानुपर्ने हुन्छ । यसो गर्नाले तपाईंको पेट सधैँ भरिएको महसुस हुन्छ ।
१०. बिहानको खाना नछोड्नुहोस्ः
बिहानको खाना निकै महत्वपूर्ण हुन्छ । यदि तपाईं बिहान मज्जाले खाना खानुहुन्छ भने दिन बित्न लाग्दा समेत तपाईंलाई त्यति भोक लागेको जस्तो महसुस हुँदैन । (एजेन्सी)




प्रतिक्रिया दिनुहोस्...