आफ्नै श्रीमतीबाट श्रीमान्को हत्या



खोटाङ । उत्तरी गाउँ सडेल–४ की ४३ वर्षीया राधीका राईले पति ४५ वर्षीय चतुरमानको हत्या गरेकी छन् ।

आइतबार साँझ धारीलो हतीयार प्रयोग गरी हत्या गरेर सोमबार कालगतीले मृत्यु भएको भन्दै किरात संस्कार अनुसार गाडेपछि हत्यामा संलग्न आरोपमा राधिकालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको दुई दिन पछि प्रहरीमा जानकारीमा आएपछि कारबाहि प्रकृया अघि बढाएको प्रहरी नायव उपरिक्षक विनोदराज खरेलले बताए ।
खरेलका अनुसार मंगलबार विहान जानकारी आएपछि बाक्सिलाका प्रहरीलाई घटनास्थल खटाइएको थियो ।
बुधबार जिल्लाबाट थप प्रहरी खटाएर पोष्टमार्टमकालागि सदरमुकाम ल्याइने उनले बताए ।
हत्याको कारण भने खुल्न सकेको छैन । आजको कान्तिपुरमा समाचार छ ।






प्रतिक्रिया दिनुहोस्...