पृथ्वीका जीव र पृथ्वी नै समाप्त हुनसक्ने केही अवस्था
अघिल्लो हप्ताको ब्लगमा अबको १ अरब बर्षभित्र प्राणी र बनस्पतीको अस्तित्व नै समाप्त हुनेगरी यो पृथ्वी तात्ने यथार्थ कुरा समेट्दा कतिपय पाठकज्यू निराश हुनु भएछ ! त्यस्तो हुन्छ | आफूले नभोगेको कुनै प्रलयकारी कुरा हुनेनै भएपछि सबैलाई त्यस्तो लाग्छ | तथापि तथ्य छोप्न तथा बंग्याउन मिल्दैन | तथ्यले निरासता र खुसियालीसंग सम्बन्ध राख्दैन | सूर्यको तापको कारणले नष्टहुने कुरा त अवश्यम्भावी भए पनि अहिलेकै पुस्ताले आजै अताल्लिनु पर्ने जरुरी कुराभित्र पर्दैन |
यो ब्रमाण्ड र यसको संयन्त्रमा यस्ता असंख्य अदभुत कुराहरु छन् जसले सिङ्गै पृथ्वीलाई एक निमेषमै सर्लक्कै निल्न तथा धुलोपिठो बनाउन सक्छन् | पृथ्वी नै नभएपछि प्राणीको कुरा के गरिराख्ने ! पहिलेका ९९.९% प्राणी नष्ट भएझैं फेरि पनि त्यस्तै प्रक्रियाहरु निश्चित दोहोरिने पृथ्वीका आफ्नै अवस्था अथवा चक्रहरु पनि छन, तर कहिले भन्ने ठ्याक्कै तिथिमिति कसैलाई पनि थाहा छैन |
ब्रह्माण्डमा हाम्रो आकाश गंगा (Milky Way Galaxy) जस्तै असंख्य Galaxy हरु छन् | आकास गंगाको नजिकमा एण्ड्रोमेडा (Andromeda Galaxy) सहितका केही अन्य ग्यालक्सीहरु छन् | March 24, 2014 सम्मको अवस्थामा Milky Way Galaxy र Andromeda Galaxy एकापसमा ठोकिनको लागी प्रतिघन्टा ४ लाख २ हजार किलोमिटरको बेगमा हुर्रीरहेका छन् | भविष्यमा यिनीहरुको बेगमा यदि कुनै चमत्कारी परिवर्तन भएन भने अबको करिब ४ अरब बर्षमा यिनीहरु अवश्य ठोकिने छन् | त्यसपछि अहिलेको सौर्यपरिवरमा रहेका पृथ्वीसहितका ग्रहहरु तथा अन्य आकाशीय पिण्डहरु कतिपय धुलोपिठो हुनेछन भने कतिपय सम्भबत ब्रह्माण्डमा कतै टाढा उछिटिने छन् | यी दुवै ग्यालेक्सी ठोकिने क्रममा अन्य केही ग्यालेक्सीहरु पनि मिसिने सम्भावना छ | यिनीहरु ठोकिएको अरबौं बर्षमा यी दुवै ग्यालेक्सी मिलेको एउटा बिशाल नयाँ ग्यालेक्सी बन्न पनि सक्नेछ |
यदि नियममै रहेर ठोकिए भने यो पनि अहिलेकै पुस्ताले हतोत्साही हुनुपर्ने कुराभित्र पर्दैन किनकी Milky Way र Andromeda Galaxy हरु करिब २५ लाख प्रकाश-बर्ष टाढा छन् | बिचमा अबरोध भएन भने प्रकाश एक-सेकेन्डमा २,९९,७९२ किलोमिटर यात्रा गर्दछ त्यसैले एक प्रकाश-बर्ष भनेको करिब-करिब ९,४६०,५२८,४००,००० किलोमिटर हुन आउँछ |
सूर्यबाट क्रमशः नजिकदेखि टाढाको हिसाबले भन्नु पर्दा बुध (Mercury), शुक्र (Venus), पृथ्वी (Earth), मंगल (Mars) बृहस्पति (Jupiter), शनि (Saturn), अरुण (Uranus), र बरुण (Neptune) र यम (Pluto) ग्रहहरु पर्दछन् |
मंगलग्रह (Mars) र बृहस्पतिग्रह (Jupiter) को कक्षको बिचमा पर्ने (Asteroid Belt) नामक क्षेत्रमा आधा करोड जतिकै संख्यामा बिभिन्न आकार (shape) र नाप (Size) का २-४ किलोका, केही मिटरदेखि लिएर अजंगका ९३३ किलोमिटरसम्मका ठोसरुपमा रहेका छुद्रग्रह (asteroid), पुच्छ्रे तारा (comet), तथा उल्का (meteor) नामक घुमिरहने बस्तुहरु छन् | मान्छेको नाङ्गो आँखाले पृथ्वीबाट त यिनीहरुलाई देख्न सकिन्न तर शक्तिशाली दुरबिन प्रयोग गर्यो भने कतिपयलाई पृथ्वीबाटै देख्न सकिन्छ | करिब १२ हजारजतिलाई बैज्ञानिकहरुले नाम नै दिइसकेका छन् भने झन्डै १ लाखजतिलाई नम्बर | यी धेरैजसो Nickel, Iron, Silica, Carbon मिसिएको कडा चट्टान आदिले बनेका छन् |
मंगलग्रह (Mars) र बृहस्पतिग्रह (Jupiter) को कक्षको बिचमा पर्ने (Asteroid Belt) नामक क्षेत्रमा आधा करोड जतिकै संख्यामा बिभिन्न आकार (shape) र नाप (Size) का २-४ किलोका, केही मिटरदेखि लिएर अजंगका ९३३ किलोमिटरसम्मका ठोसरुपमा रहेका छुद्रग्रह (asteroid), पुच्छ्रे तारा (comet), तथा उल्का (meteor) नामक घुमिरहने बस्तुहरु छन् | मान्छेको नाङ्गो आँखाले पृथ्वीबाट त यिनीहरुलाई देख्न सकिन्न तर शक्तिशाली दुरबिन प्रयोग गर्यो भने कतिपयलाई पृथ्वीबाटै देख्न सकिन्छ | करिब १२ हजारजतिलाई बैज्ञानिकहरुले नाम नै दिइसकेका छन् भने झन्डै १ लाखजतिलाई नम्बर | यी धेरैजसो Nickel, Iron, Silica, Carbon मिसिएको कडा चट्टान आदिले बनेका छन् |
सन् १९८९ मा एउटा सानो Asteroid पृथ्वीको कक्षको कुनै एक बिन्दुमा पृथ्वी कटेको ठिक ६ घन्टामा त्यही ठाउँमा पुगेको थियो | यो एउटा सानो Asteroid थियो तथापि यदि यसले पृथ्वीलाई हिर्काएको भए त्यो शक्ति १ हजारवोटा आणविक बम एकैचोटी पड्काए बराबरको हुने थियो | यस्तै कुनै ठुलै Asteroid ले कुनै पनि बेला पृथ्वीलाई हिर्काउन सक्ने सम्भावना हरेक क्षण छ | २०१२ मा पनि DA14 नामक सानो Asteroid पृथ्वीको नजिक नजिक आइपुगेको थियो | अर्कोचाहिँ Antarctica महादेशतर्फ सोझिंदै २०२० मा आइपुग्दैछ | यो पृथ्वीमै खस्ने सम्भावना त कम छ, यदि खासिहाल्यो भने यसले संपूर्ण प्राणी नै नष्ट गर्ने त छैन, तर मानब इतिहासमा नभएको अकल्पनीय क्षति भने गर्ने छ | सन् १०१३ को फेब्रुअरी १५ मा रुसमा खसेको उल्का (meteor) पनि त्यस्तै कारक हो |
हाम्रो Milky way Galaxy मा एउटा एकदमै ठुलो सूर्यको भन्दा अरबौं बढी मास भएको डरलाग्दो Black Hole बैज्ञानिकहरुले पहिले सोंचेभन्दा द्रुतगतिले बृधिभैरहेको छ | यस्ता Black Hole हरु यति शक्तिशाली हुन्छन कि यिनीहरुबाट प्रकाश पनि अछुतो रहन सक्दैन | आगामी ९ बर्षभित्रैमा यसले हाम्रो पृथ्वीको भन्दा १५ गुणा बढी Milky way Galaxy को मास निलिसक्ने छ | यदि यसको घुम्ने गति अकल्पनीय रुपले बढ्दैगयो भने पृथ्वीलगायतका सौर्यपरिवारका सबै सदस्यहरुलाई यसले छिटै नै निल्ने छ |
पृथ्वी आफैमा रहेको संयन्त्र पनि सदैब परिवर्तनशील छ | अहिले हामीले देख्दै र भोग्दै आएको पृथ्वी पहिले यस्तो थिएन | समुद्र, महादेश, पर्बत, सदैब हिंउ जमिरहेका ठाउँ, मरुभूमी न त सदैब यस्ता थिए न त यस्तै रहिरहेने छन् | पृथ्वीको सतहको स्वरूप इतिहासको कालखण्डमा धेरै पटक परिवर्तन भएको छ | फेरि पनि कुनै बेला परिवर्तन हुनसक्छ |
बास्तबमा पृथ्वीको केन्द्र भन्दा बाहिरको सतह भनेको Plate Tectonics भनिने टुक्राटुक्रा परेको मासको थुप्रो हो | पृथ्वीको भित्री सतहमा रहेको म्यानटल माथि रहेका टेक्टोनिक प्लेटहरु त्यही भित्री सतहको तापको शक्तिको कारणले सदैब चलिरहन्छ अथवा एक-आपसमा ठोकिने, छुटिने, घोटिने, भाषिने, माथि उठ्ने, अटस्मटस् गर्ने गरिरहन्छन् | यसरी नै हिमाल, पर्बत, समुद्र सबै बनेका हुन् |
समय आइपुग्नु भन्दा पहिले नै कुनै कारणले दुर्घटना भएर अचानक तुरुन्तै ठुलो प्रलय भएन भने अबको करिब २५ लाख बर्षभित्रमा हालको महादेशको स्वरूप एकदम बदलिने छ | २५ लाख बर्ष पहिले पनि पृथ्वीको मास् (Landmass) एकैठाउँमा जम्मा भएर पान्जिया (Pangea) नामक एउटै बिशाल महादेश भनेको थियो | त्यतिबेलाका ९०% जीवहरु यो महादेशको बातावरण अनुकुल नभएर उन्मुलन भएका थिए |
अफ्रीका महादेश पहिले जस्तै पुनः युरोपसँग ठोकिने छ | अहिलेको इटाली, ग्रिस लगायतको मेडीटरीयन क्षेत्र अफ्रिका महादेशकै भागहरु हुन | अस्ट्रेलिया पनि युरेशियन महादेशमा गाभिने छ | अहिले आन्द्र महासागरको पिँध उत्तर-दक्षिण गरी दुई भागमा फाटेको छ, जुन पानीभित्र रहेका पहाडी सतहहरु भत्किदै खस्दै गर्दा भरिँदो छ | यही कारणले यसका दुई भागहरु बिस्तारै एक-आपसबाट टाढा हुँदैछन् | यी भागहरु टाढा-टाढा हुँदैगर्दा आन्द्र महासागर पनि फैलिँदो छ, जसको कारण अमेरिकी महादेश पनि युरोप र अफ्रिकादेखि टाढा पुग्ने छ |
यदि आन्द्र महासागरको पश्चिमपट्टिबाट Subduction Zone सुरुभयो भने त्यसको कारणले गर्दा आन्द्र महासागरको पिँध पृथ्वीको केन्द्र-भाग मेन्टलतर्फ तानिन थाल्नेछ, अनि महासागर पुनः सांगुरिन थाल्नेछ | त्यसो हुने प्रक्रियामा अमेरिकी महादेश पुनः युरो-अफ्रिकन महादेशमा ठोकिने छ, र त्यो ठोकिने ठाउँमा हिमालयजास्ता बिशाल पर्बत शृंखला बन्न पुग्नेछन | यसो हुँदा पृथ्वीको प्राय Landmass एकै ठाउँमा जम्मा हुनगै बिशाल “Pangea Ultima” बन्ने छ | त्यसो हुनगयो भने अहिलेको पृथ्वीमा हुने धेरै जसो प्राणीको अस्तित्व समाप्त हुनेछ | कालान्तरमा अर्कै प्रकारका प्राणी, बनस्पति तथा अर्कैखाले मानब वा मानब जस्तै प्राणी बन्न पनि सक्नेछन |
पृथ्वीमा यसको आफ्नै बनोट र आफैभित्रको संयन्त्रको कारणले पनि, अनि अन्य आकाशीय पिण्डहरुको गतिबिधिहरुको कारणले असंख्य साधारण प्रकारका तथा बेलाबखतमा थुप्रै प्रलयकारी उथलपुथलहरु आइरहन्छन, भइरहन्छन | संसारको धेरै भागमा असंख्य संख्यामा रहेका डाइनोसोरहरु लगायतका अन्य प्राणी र बनस्पति लोप हुनुका सिधान्तहरु मध्ये कुनै Asteroid ले पृथ्वीलाई हिर्काउंदा निस्केको Shock Wave को कारणले पृथ्वीको थुप्रै भागमा बिशाल ठूला ज्वालामुखीहरु बिष्फोटन हुन गई निस्केको लाभा, म्याग्मा र खरानीले कैयौं बर्षौंसम्म पृथ्वीलाई ढाक्दा त्यतिबेलाका धेरैजसो प्राणी र बनास्पतिहरु उन्मुलन भएको हुन सक्ने, अथवा उक्त Asteroid ठोकिंदा त्यसको असरको कारणले बायुमंडलनै बर्षौंसम्म बाक्लो धुलो र धुँवाले भरिएर सूर्यको प्रकाश नै पृथ्वीसम्म आउन नपाई बनस्पति र तिनीहरुमा आश्रित प्राणीहरु नै लोप भएको भनिन्छ |source: mysansar
