हिन्दु राष्ट्रका लागि कांग्रेसभित्र वृहत भेलाको तयारी



काठमाडौं, असोज २१ – पछिल्लो समय हिन्दु राष्ट्रका लागि खुलेरै लबिङ गरिरहेका नेपाली कांग्रेस नेता खुमबहादुर खड्का लगायत केही नेताहरुले त्यसैका लागि दबाब सृजना गर्न वृहत भेला अयोजना गर्ने गोप्य तयारीमा लागेका छन् । नेपाली कांग्रेस निकट स्रोतका अनुसार ‘हिन्दु गणतान्त्रिक नेपाल’ बनाउन उनीहरुले राजधानीमा वृहत भेला आयोजना गर्न लागेका हुन् ।

यही असोज २३ र २४ गते नयाँ बानेश्वर स्थित अनमोल क्याटरिङमा वृहत भेला आयोजना हुँदैछ । यही भेलाको तयारीका लागि भोली नेपाली कांग्रेसका पूर्व सभासद् रविन्द्र लाल श्रेष्ठको घरमा बैठक पनि बस्दैछ । बैठकमा खड्का सहित हरिबोल भट्टराई, केबी गुरुङ, तारानाथ रानाभाटलगायत नेताहरु सहभागी हुने स्रोतको दाबी छ । यही बैठकले वृहत भेलाको सम्पूर्ण तयारी गर्ने बताइएको छ । नेपालीका कांग्रेसलाई ‘धर्म निरपेक्षता’ मा डोर्याएर गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई धोका दिएको पूर्व राजपरिवारसँग निकट सम्बन्ध रहेका यी नेताहरुको ठहर रहेको स्रोत बताउँछ ।





प्रतिक्रिया दिनुहोस्...