नायिका नम्रता श्रेष्ठ फेरी अस्वस्थ भएपछी अस्पतालमा भर्ना



नायिका नम्रता श्रेष्ठ फेरी अस्वस्थय भएर अस्पतालको बेडमा थलिएकी छिन् । गत वर्षको चैतमा देब्रे मृगौलामा पतथरी देखिएर आकस्मिक शल्यक्रिया गराएकी नम्रतालाई अहिले दोस्रो पटक टाइफाइड भएको छ ।
शल्यक्रियाअघि पनि एकपटक टाइफाइड भएर थलिसकेकी नम्रतालाई चिकित्सकले आराम गर्नु भने पनि उनी निर्देशक प्रशान्त रसाइलीको चलचित्रको छायांकनका क्रममा सिक्किममा व्यस्छ रहिन् भने बैशाख १२ गते प्रदर्शनमा आएको चलचित्र नोभेम्बर रेन को प्रचार प्रसारमा पनि व्यस्त भइन । आराम नगरेपछि शल्यक्रिया गरिएको घाउमा इन्फेक्सन भयो र चिकित्सकको निर्देशनबमोजिम नम्रताले एक महिनाभन्दा बढी सम्पर्कविहीन हुँदै पोखरास्थित दिदी भिनाजुको घरमा बसेर आराम गरिन् ।
यद्यपि पोखरामा समेत उनले सही ढंगबाट आराम गर्न पाइनन् । कहिले फेशन शो त कहिले र्याम्पमा क्याटवाक गर्दा गर्दै उनले आराम गर्ने समय नै पाइनन् । त्यसपछि उनी आफ्नो लगानी समेत रहेको सिक्किममा छायांकन गरिएको चलचित्रको कामका लागि सिक्किम जाने आउने गरिरहिन् ।

थापाथलीस्थित नर्किक अस्पतालको बेडमा आराम गरिरहेकी नम्रताको पित्तको थैलीमा पत्थरसमेत देखिएको छ, जसको शल्यक्रिया त्यसले पीडा दिन थालेपछि मात्र गरिने बताइन्छ । चिकित्सकहरुले अस्पतालबाट डिस्चार्ज भएपछि घरमा लामो समय आराम गर्नुपर्ने बताए पनि नम्रता भने आगामी साता सिक्किम जाने तयारीमा रहेको बताउँदै थिइन् । source : nepaliheadlines





प्रतिक्रिया दिनुहोस्...