फेसबुकमा गर्लफ्रेन्डलाई पोक गर्ने साथीको हत्या
लन्डन—फेसबुकमा युवतीसँग पोक गर्ने धेरै युवाहरुको बानी हुने गरेको छ। यदि तपाइँ फेसबुकमा साथीलाई 'पोक' गर्ने लतमा गर्नुहुन्छ भने सावधाना रहनु होस्। वेलायतमा एक व्यक्तिले आफ्नो गर्लफ्रेन्डलाई पोक गर्ने आफ्नै साथीको हत्या गरेका छन्।
घटना हुँदा दुवैजना ट्याक्सीबाट घर फर्किंदै थिए। हम्फ्रेलाई गुडिरहेको गाडीभित्र प्रहार गरेपछि रिचर्ड गाडीबाट तल खसेका थिए। ड्राइभरले बयानका क्रममा भनेका छन्, 'हम्फ्रे रिचर्डलाई फेसबुकमा आफ्नी गर्लफ्रेन्डसँग कुराकानी गरेको विषयलाई लिएर गाली गर्दै थिए। रिचर्डले ती महिला हम्फ्रेकी गर्लफ्रेन्ड हुन् भन्ने आफूलाई थाहा नभएको स्पष्टिकरण दिइरहेका थिए।'
प्रहरीले हम्फ्रेलाई पक्राउ गरी अदालतमा मुद्दा चलाएको छ। नोट्टिङ्घम क्राउन कोर्टले २७ वर्षीय उनलाई ४ वर्ष ४ महिनाको सजाय सुनाएको छ।
फेसबुकमा कसैलाई पोक पठाउनुको मतलब उसँग जिस्किनु भन्ने अर्थमा लिने गरिन्छ।
