,बहराइनमा नेपाली कामदारले डेढ लाखसम्म तलब पाउने



काठमाडौं, २९ चैत । बहराइनले नेपाली कामदारलाई क्षमता र सीपअनुसार मासिक डेढ लाख रुपैयाँसम्म तलब दिने भएको छ । नेपाली कामदार इमान्दार भएकाले उनीहरुलाई बहराइनमा रोजगारीमा जान उत्प्रेरित गर्ने उद्देश्यले आकर्षक तलब सुविधा दिन बहराइन तयार भएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । दक्ष 
कामदारलाई मासिक डेढ लाख तलब दिन बहराइनले लिखित समझदारी गरेको छ । बहराइनका श्रम बजार नियामक निकायका प्रमुख असमान अब्दुल्ला अलवासीले केही दिनअघि गरेको नेपाल भ्रमणका बेला दुवै देशबीच त्यहाँ जाने नेपाली कामदारलाई न्यूनतम तलबसुविधा दिने सहमतिमा हस्ताक्षर गरेका हुन् । यसअघि बहराइन जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको भए पनि कार्यान्वयन हुन सकेको थिएन । बहराइनले अबदेखि आफ्ना मुलुकका रोजगारदाताले तोकिएको तलब र सुविधा दिएनदिएका बारेमा सूक्ष्म अनुगमन गर्ने विश्वाससमेत नेपाललाई गराएको छ । अब अर्धदक्ष कामदारले पनि मासिक ४० हजार रुपैयाँ कमाउन सक्ने श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar




प्रतिक्रिया दिनुहोस्...