.बङ्गलादेशका एक वरिष्ठ मुस्लिम नेतालाई झुण्डाएर मृत्युदण्ड !



२९ चैत, ढाका ।

बङ्गलादेशमा एकजना वरिष्ठ मुस्लिम नेतालाई सन् १९७१ मा उनले गरेको युद्धअपराधको आरोपमा झुण्डाएर मृत्युदण्ड दिइने भएको छ ।


उनलाई शनिबार सो मृत्युदण्ड दिन थालिएको राजधानी ढाकाबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार यसरी मृत्युदण्ड दिइएका उनी प्रमुख इस्लामिक पार्टीका तेस्रो व्यक्ति हुन् । यसअघि सो दलका अरु दुई ठूला नेतालाई झुण्डाएर मारिएको थियो ।


प्रमुख विपक्षी मुस्लिम दलका नेता मोहम्मद कमारुजमानलाई शनिबार मृत्युदण्ड दिइने भएको बताइएको छ ।

उनी बङ्गलादेशको प्रमुख विपक्षी दल जमात –ए– इस्लामिक पार्टीमा तेस्रो ठूलो दलको बरियतामा छन् । बङ्गलादेशमा सन् २०१२ मा स्थापित युद्धअपराध अदातले सो फैसला गरेको हो ।

सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र हुने क्रममा गरिएको ज्यादतिका लागि उनलाई दोषी ठहराइएको थियो ।

उनले त्यस समयमा तत्कालीन पाकिस्तानी सेनासँग मिलेर बङ्गलादेशका सर्वसाधारणको हत्या गरेको खुलेको थियो ।

बङ्गालेशका गृहमन्त्रीले ६२ वर्षीय कमारुजमानलाई शनिबारसम्ममा मृत्युदण्ड दिइने जानकारी दिएका हुन । source nepali headline






प्रतिक्रिया दिनुहोस्...