News
»
..श्रीमतीको बिभत्स हत्या गरी फरार रहेका श्रीमान पक्राउ
..श्रीमतीको बिभत्स हत्या गरी फरार रहेका श्रीमान पक्राउ
श्रीमतीको बिभत्स हत्या गरेर फरार रहेका श्रीमानलाई गौडो कुरेर बसेको प्रहरीले पक्राउ गरेको छ । पहाडि अर्खला गाबिसको कोखेका २४ वर्षिय होम बहादुर बिकले आफनी श्रीमती रीता बिक घरनजिकको पंधेरोमा पानी लिन गएको मौका छोपेर धारीलो हतियारले घाटिमा हिर्काएर दुई टुक्रा पारेर फरार भएका थिए ।
उनले हिजो दिउसो ४ बजे बिभत्स हत्या गरेर फरार भएका थिए । नवलपरासीका एसपी नलप्रसाद उपाध्यायका अनुसार हत्यापछि मधेश हुदै भारत छिर्ने योजना बनाएका उनीलाई समात्न पहाडको गौडा गौडामा प्रहरी परीचालन गरीएको थियो । उनि फरार भएको १२ घण्टा नबित्दै धौबादिको हुहुर्रे डाडावाट आज बिहान ४ बजे पक्राउ परेका हुन । समय समयमा सन्काह ब्यबहार देखाउने उनले यसअघि पनि श्रीमतीलाई पटक पटक यातना दिनेगरेको स्थानियको भनाई छ । तिन दाजुभाइका जेठा होमबहादुरले घाटीमा धारीलो हतियारले हानेर दुई टुक्रा पारेको प्रहरीको भनाई छ । नवलपरासीमा हत्या गरेर फरार रहेको अभियुक्त १२ घण्टा बित्न नपाउदै समातिएको पहिलो घटना हो । घटना भएको थाहा पाउना साथ ४ वटा बाटावाट हिडेको ठुलो संखयाको प्रहरीले नवलपरासी र तनहुका सबै मुख्य नाकामा चेकजांज बढाएको थियो । घरमा आठ जना सदस्य रहेका होम बहादुर दम्पति निसन्तान हुन । हत्या गर्नुको कारण खुलेको छैन । उनलाई जिल्ला प्रहरी कार्यालयमा लगिदै छ । गत ४ महिनाको अबधीमा नवलपरासीमा बिभिन्न स्थानमा ५ महिला र एक पुरुषको हत्या भैसकेको छ । ती मध्ये दुई महिलाका हत्यारा समातिएका छन् । अन्यको अनुसन्धान जारी रहे
source taja khabar
प्रतिक्रिया दिनुहोस्...