.गुडिरहेको बसमा आगो लाग्दा ९ जनाको मृत्यु, १६ गम्भीर घाइते



वैशाख ८ गतेनयाँदिल्ली । भारतको उत्तरप्रदेशमा गुडिरेहको बसमा आगो लाग्दा ९ जना यात्रुको मृत्यु भएको छ, भने १६ जना गम्भीर घाइते भएका छन् ।


उत्तर प्रदेशको पीपरपुर क्षेत्रमा मंगलबार इलाहाबाद बाट सुलतानपुरतर्फ गइरहेको परिवहन निगमको बसमा गडिरहेको बेला एक्कासी आगो लाग्दा २५ यात्रु आगोबाट जलेको भारतीय प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई अस्पताल लगिएको छ । यात्रुहरुको शव पुरै जलेकाले मृतकको पहिचान हुन सकेको छैन् । प्रहरीका अनुसार उक्त बसमा नेपाली पनि हुन सक्ने जनाइएको छ ।
घटनाका प्रत्यक्षदर्शीका अनुसार बसमा आगो लाग्दा यात्रुहरु बचाउ बचाउ भनेर चिच्याएका थिए । यसैबीच उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवले घटनाप्रति दुःख व्यक्त गरेका छन् । एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar




प्रतिक्रिया दिनुहोस्...