.यमनमा भिडन्तः २४ घन्टामा १४० जना मारिए



२४ चैत, आदेन ।

यमनमा जारी रहेको हिंसाका कारण त्यहाँ अत्यन्तै आवश्यक परिरहेको सहायता पनि पुर्‍याउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।



अन्तर्राष्ट्रिय रेडक्रसका अधिकारीहरुले सहायताका पुर्‍याउन नसकेको बताएका छन् । भिडन्त जारी रहेकोले हिंसा नघटेको र जसका कारण अधिकारवादी र सहायताकर्मी पुग्न नसकेको बताइएको हो ।

गएको २४ घन्टामा जारी रहेको भिडन्तमा परी कम्तीमा पनि १४० जनाको ज्यान गएको यमनी अधिकारीहरुले जनाएका छन् । भिडन्त आदेनमा बढी देखिन्छ ।

सहायताकर्मीहरुले त्यहाँको अवस्था अत्यन्तै नाजुक बन्दै गएको बताएका छन् । सो भिडन्त राकी स्थानीय नागरिकको अवस्था बुझ्ने काम तुरुन्त नगरिने हो भने यसले अत्यन्तै खतरनाक अवस्थाको सिर्जना हुने उनीहरुले जनाएका हन् ।

त्यहाँका विद्रोही र राष्ट्रपतिका समर्थकबीच भएको भिडन्तमा परी सोमबार मात्र पनि ५३ जनाको ज्यान गएको थियो । गएको दुई हप्तादेखि त्यहाँ भिडन्त जारी नै रहेको बताइएको छ ।

विगतका यी भिडन्तहरुमा परी अरू कैयौँ नागरिक घाइते भएका पनि अधिकारीहरूले जनाएका छन् । मारिनेमा विद्रोही बढी परेको स्वास्थ्य अधिकारी एवम् सैनिक स्रोतले जनाएको छ ।

यमनमा सिया मुस्लिमहरुको आक्रमण बढ्न थालेपछि यमनी राष्ट्रपति दुई हप्ताअघि नै भागेर साउदी अरेबियामा शरण लिइरहेका छन् । उनको अनुरोधपछि साउदी अरेबियाको सेनाले यमनमा हवाई कारबाही गरिरहेको छ ।

यमनी सिया मुस्लिम विद्रोहीहरूका विरुद्धमा जारी राखिएको सो कारबाहीका क्रममा पनि कैयौँ विद्रोही मारिएका बताइएको छ । विद्रोहीहरुले हमला जारी नै राखेका छन् ।

साउदी अरेबियाको सेनाले हवाई हमला जारी राख्ने र विद्रोहीले स्थलगत कारबाही गर्नेजस्ता कारण सो नगर द्वन्द्वग्रस्त बन्न पुगेको छ । सो क्षेत्रमा यमनी सेनाले ठूलो सङ्ख्यामा गस्ती गरिरहेको छ । source:taja khabar




प्रतिक्रिया दिनुहोस्...