.बिजुलीबजारमा गोली चल्यो, एक घाइते, अवस्था तनावग्रस्त
काठमाण्डु, २४ चैत– काठमाण्डुको बिजुलीबजारमा प्रहरीले गोली प्रहार गर्दा एक बन्दकर्ता घाइते भएका छन् । घाइते हुनेमा अखिल क्रान्तिकारीका रामप्रसाद खनाल छन् । उनको कञ्चटमा रबरको गोली लागेको एक बन्दकर्ताले जानकारी दिए । बिजुली बजारमा बिहानै देखि बन्दकर्ता र प्रहरीबीच झडप भइरहेको छ । पछिल्लो अवस्था थप तनावग्रस्त बनेको छ । प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ ।
source:taja khabar
