.एसएसपी सुरेश केसीको यौनसम्बन्धी अडियो टेप सार्वजनिक, प्रहरीमा खैलाबैला
काठमाडौं, ८ वैशाख । नेपाल प्रहरीका एक उच्च अधिकारीको महिलासँगको गोप्य अडियो टेप सार्वजनिक भएको छ । टेपमा यौनसम्बन्धी गोप्य कुराकानी छ ।
अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रमुख एसएसपी सुरेश केसीको स्थानीय एक महिलासँगको अडियो टेप सार्वजनिक भएको छ ।
शरदसिंह भण्डारीको पार्टीकी एक स्थानीय नेतृसँग फोनमा गरेको यौन संवादको अडियो यतिबेला जनकपुरका पत्रकारको हातमा पुगेको छ ।
२ सन्तानको आमा रहेकी ४० वर्षीया ती महिला पहिला संजय टक्ला निकट थिइन् ।
टक्ला जेल परेपछि उनी शरदसिंह भण्डारीको पार्टीमा लागेको दृष्टि साप्ताहिकले छापेको छ ।
एसएसपी केसीसँग मिलेर उनले तस्करीको सेटिङ मिलाउनेदेखि प्रहरीको सरुवा बढुवामा समेत चलखेल गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषा र अञ्चल प्रहरी कार्यालयका प्रहरी अधिकारीहरु हैरान हुन थालेका छन् ।source:taja khabar
