..गिदि बाहिर निस्केको अनौठो बालकको जन्म (तस्विर सहित)



Apr 18, 2015

अछाम ।



अछाममा एक अनौठो शिशुको जन्म भएको छ । जिल्लाको दुर्गम बलाता गाविसको ४ बाष्कोटकी विन्द्रा साउदले अनौठो शिशुलाई जन्म दिएकी हुन । शनिबार बिहान बलाता स्वास्थ्य चौकीमा जन्मिएका शिशुको रुप बाँदर जस्तो छ ।

शिशुको टाउकोका गिद्धी बाहिरी भागमा रहेका छन । यसैगरी आँखा साान्य भन्दा धेरै ठुलो , मोटो हात र खुट्टा रहेको छ । औला भने अन्य बच्चाको जस्तै रहेको स्वास्थ्य चौकी बलाताका ईन्चार्ज बलबहादुर बुढाले बताए ।

आमा विन्द्रा र पिता मानबहादुर साउदका पहिलो सन्तानको रुपमा जन्मिएको शिशु साढे २ किलो तौलको रहेको छ । आमा र बच्चाको स्वास्थ्य अबस्था सामान्य रहेको र बच्चालाई हेर्न स्थानियको घुईचो लागेको छ ।
source;taja khabar






प्रतिक्रिया दिनुहोस्...