जानी राखौ....नियमित सम्भोग गर्ने व्यक्तिका सन्तान निरोगी हुने



सुन्दैमा अनौठो तथा आनन्द लाग्ने खालको नयाँ तथ्यको खुलासा गरेका छन् अनुसन्धानकर्ताहरुले । क्यानडाका वैज्ञानिकहरुले गरेको पछिल्लो अनुसन्धान अनुसार नियमित सम्भोग गर्ने दम्पतीले जन्माएका सन्तान निरोगी हुन्छन् ।

मानिसले जति धेरै सेक्स गर्छन् खराब आनुवंशिक उत्परिवर्तनको जोखिम त्यति नै घट्छ जसका कारण जन्मिने बच्चाहरुमा वंशाणुजन्य रोगहरु सर्ने तथा विकाश हुने सम्भावना कम हुन्छ ।
क्यानडाको मन्ट्रीयल विश्वविद्यालय तथा सेन्ट जस्टिन विश्वविद्यालय अस्पताल अनुसन्धान केन्द्रका शोधकर्ताहरुले यौनिक प्रजननका माध्यमबाट महिला तथा पुरुषका वंशाणुजन्य पदार्थहरु धेरै भन्दा धेरै एक आपसमा मिसिँदा कसरी मानिसको रोगजन्य जोखिम कसरी क्रमशः घट्दैजान्छ भन्ने विषयमा निकै रोचक तथ्य फेला पारेका छन् ।
शोधकत फिलिप अवाडालाका अनुसार यो अनुसन्धानले मानिस रोगबाट सक्रमित हुने वा रोगी हुने कम वा बढि जोखिममा हुन्छ ? भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरेको छ ।
शोधकर्ताका अनुसार जिनमा हुने रोगजन्य उत्परिवर्तनलाई यौनिक प्रजननले रोक्न सहयोग गर्छ ।
शोधकर्ताहरुले क्यानडाको जेनेटिक डाटा सेन्टरका साथै विभिन्न देशका १ हजार जिनोम परियोजनाबाट सयौँ व्यक्तिका वंशाणुहरुको अध्ययन गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्...