नयाँ वर्षको पहिलो दिन नै बन्द, त्यो पनि अनिश्चितकालीन ?...
धेरै मानिसहरु नयाँ बर्षको शुभकामना आदानप्रदान गरी रहदाँ सोलुखुम्बु जिल्लाको ब्यापारीहरु भने नयाँ बर्षको पहिलो दिननै अनिश्चतकालिन सोलुखुम्बु जिल्ला बन्दको कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रेको छ ।
बन्दको विरोधी ब्यापारीहरु आफै आज विहानै देखि आआफ्नो पसल बन्द गरी आन्दोलनमा उत्रेको हो । ५ दिन अघि पसल अनुगमनको नाममा अनुगमनमा निस्केका अनुगमन कर्ता प्रशासनका कर्मचारी र प्रहरीले सोलुखुम्बु जिल्लाको व्यापारीहरुको समान म्याद गुजे्रको भन्दै म्याद नगएको समानहरु पनि लुटेराको शैलिमा लुटेको र केहि व्यापारीहरुलाई अनुगमनमा निस्केका प्रशासनको कर्मचारीले तुच्छ वोलिले गालि गरेको आरोप लगाउदै ब्यापारीहरु छलफलको लागि हिजो जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा गएको थियो भने प्रमुख जिल्ला अधिकारी झङक नाथ ढकालले छलफलमा गएका ब्यापारीहरुका प्रतिनिधिहरुलाई पनि नराम्रो ब्यबहार गरे पछि ब्यापारीहरु छलफलमा नबसि जिल्ला प्रशासन कार्यालयबाट बाहिरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयबाट बाहिरेको ब्यापारीहरुको जमातले हिजो नै उद्योग बाणिज्य संघको कार्यालयमा पुगि छलफल गरी सोलुखुम्बु जिल्ला अनिश्चितकालिन बन्द गर्ने निर्णय गरेको थियो भने ब्यापारीहरुको जमातले हिजो नै नाराजुलुस सहित सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी परिक्रमा गरेको थियो ।source a2z khabar
