छोरीको विवाहमा लालपुर्जा नै दाइजो
१० बैशाख, महोत्तरी ।मुलुकको अंशबन्डासम्बन्धी कानुनमा छोरीलाई छोरासरह सम्पत्तिको अधिकार दिइएको छ । तर, कानुन कार्यान्वयन नहुँदा अहिलेसम्म विवाह गरेर घर जाने महिलाले माइतीको सम्पत्ति पाउन सकेका छैनन् ।विवाहमा दाइजोका रुपमा नगद, गरगहना, लत्ताकपडा, भाँडाकुँडा नदिएर महोत्तरीका एक एमाओवादी नेताले अंशबन्डाको लालपुर्जासहित छोरीलाई माइतीको अंशियार बनाई अन्माएका छन ।कानुनी रुपमा पाउने जग्गाको अंशियारीस्वरुप एमाओवादी नेता विदुर कार्की र सावित्रा कार्कीले आफ्नी छोरी मनीषा कार्कीलाई विवाहमा लालपुर्जा दिएका हुन् ।
तनहुँ शुक्लागण्डकी नगरपालिकाका अमर भट्टराईसँग प्रगतिशित विवाह गरेकी मनीषाले अंशबन्डास्वरुप १३ कट्ठा खेत र पाँच धुर घडेरीको लालपुर्जा पाएकी हुन् ।गाउँले र जन्ती खचाखच भरिएको बिहे भएपनि बिहेघरमा जग्गे बनेन, बाजागाजा बजेनन्, कन्यादान पनि गरिएन् । आजको नयाँ पत्रिकामा खबर छ ।
