News
»
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो
मिडिया एनपी, धादिङ । भारतीय पर्यटक बोकेर काठमाडौंबाट भारततर्फ जाँदै गरेको जिजे १४ एक्स ९९० नम्बरको बस दुर्घटनामा मृत्यु हुने भारतीय पर्यटकको संख्या १७ पुगेको छ । बुधबार बिहान करिब ८ बजे तिर भएको उक्त दुर्घटनामा ३० जना घाइते भएका प्रहरीले जनाएको छ । मृतकको हाल सम्म पहिचना भएको छैन भने घाइतेहरुको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । उपचारत घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । पशुपतिनाथको दर्शन गरी फर्केका भारतीय तिर्थालु सवार उक्त बस सडकबाट करिब २ सय मिटर तल खस्दा ३ टुक्रा भएको थियो । उक्त बस काठमाडौंबाट भारतको गोरखपुर जाँदै थियो ।
कतै छुटाउनु भो कि ? Related Posts:
प्रतिक्रिया दिनुहोस्...