टिभि हेर्न बोलाएर पाचँ वर्षिया बालिकालाई बलत्कार गर्नेलाई कुटी-कुटी हत्या
पोखराकी ५ वर्षिया बालिकालाई ललाई फकाई जवरजस्ती करणी गरेको भन्दै कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
गुरुङले बालिकालाई टिभि हेर्न आफ्नो कोठामा बोलाएर मिठाइ खान दिइ जवरजस्ती करणी गरेको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जानकारी दिएको छ।
त्यसै गरि पोखरा १६ वर्षीय एक किशोरीलाई जवरजस्ती करणी गर्न खोजेको भन्दै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चितवन कठार घर भै हाल पोखरा १७ डेमसाईड बस्ने १८ वर्षीय सेरी जोवा चौधरीलाई पक्राउ गरेको हो। प्रहरीले बैशाख ५ गते पक्राउ गरी जवरजस्ती करणी उद्योगमा मुद्दामा म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ। चौधरीले किशोरीलाई किताव लिने बहानामा कोठामा बोलाई जवरजस्ती करणी गर्ने प्रयास गरेको प्रहरीले जानकारी दिएको छ। source taja khabar
