जन्मँदै ३२ वटा दाँत र २४ वटा औंला एक बालिका शिशुको जन्म ३२ वटा दाँत पलाएकै अवस्थामा भएको छ । उनका खुट्टामा २४ वटा औंला रहेका छन्



संसारमा अनौठा अनौठा शरीर र अंग भएका शिशुको जन्म भएको सुन्न पाइन्छ । यस्तै अनौठी बालिकाको जन्म इराकको कुर्दिस्तानमा भएको छ ।




बीच न्यूजका अनुसार इराकको कुर्दिस्तानमा एक बालिका शिशुको जन्म ३२ वटा दाँत पलाएकै अवस्थामा भएको हो । उनका खुट्टामा पनि २४ वटा औंला रहेका छन् ।

यी बालिकाका दाँत केही छोटा र केही लामा छन् । उनका बाबुआमा इराकको हरिर नामको इलाकामा बसोबास गर्छन् ।

उनीहरुका अनुसार यी बालिकाको जन्म एकदम सामन्य तरिकाबाट भएको हो ।डाक्टरहरुका अनुसार यी शिशुमा कुनै हार्मोनको कमीबाट पीडित छिन् । अर्कातिर यी बालिकामा क्याल्सियम भने अत्याधिक रहेको छ ।

डाक्टरहरुले यी शिशुमा क्रोमोजोमको सन्तुलन नमिल्दा पनि समस्या देखिएको बताएका छन् ।यी शिशुलार्इ अहिले श्वास फेर्न समस्या भइरहेको छ । यी शिशु खान पिउन पनि सक्दिनन् ।

यी शिशुका दाँत सर्जरी गरेर बाहिर निकाल्नुपर्ने चिकित्सकहरुको भनाइ छ । यो कार्य शिशुका लागि घातक हुनसक्ने चिकित्सकहरु बताउँछन् ।  source a2z khabar




प्रतिक्रिया दिनुहोस्...