News
»
गायिका अन्जु पन्तले भनिन मलाई केहि भएको छैन
गायिका अन्जु पन्तले भनिन मलाई केहि भएको छैन
ओयसनेपालमा खबर छ ।चर्चित गायिका अन्जु पन्तले आफ्नो स्वास्थ्य अवस्था एकदम सामान्य रहेको बताएकी छिन् ।
केहि दिन अघि उनको दुवै मृगौलामा समस्या आएको खवरहरु बाहिर आएका थिए। आफ्नो फेसबुक स्टाटस मार्फत गायिका पन्तले बाहिर आएका खबरहरु सबै हल्लामात्र भएको बताएकी हुन् । साथै उनले केहि स्वास्थ्य समस्या देखिएपनि आफु अहिले एकदमै स्वस्थ रहेको र आफ्नो नियमित काममा व्यस्त रहेको जनाएकी छिन् । यसै स्टाटस मार्फत उनले नजिकै आइरहेको नेपाली नयाँ वर्षको उपलक्ष्यमा चितवनको सांगितिक कार्यक्रममा भागलिन जान लागेको बताएकी छिन् । देशका विभिन्न भागमा हुने कार्यक्रम सकेर सयुक्त अधिराज्य मा हुने कार्यक्रमको लागि त्यसतर्फ जाने बताएकी छिन् । source taja khabar
प्रतिक्रिया दिनुहोस्...