.वैदेशिक रोजगारीमा आएको नेपाली मलेसिया आएको भोलिपल्टै ज्यान गयो



मलेसिया,चैत २७   -    म्याग्दीका तम पुन वैदेशिक रोजगारीका लागि गएको अप्रिल १ मा मलेसिया आउनुभएको थियो । त्यसको भोलिपल्ट उहाँ काम गर्ने कम्पनीमा पुग्नुभयो । दुःखको कुरा, कम्पनीले दिएको होष्टलको चौथो तलाबाट खसेर उहाँको त्यही दिन ज्यान गयो ।


सँगै होष्टलमा बस्ने म्याग्दीकै बलमान रोक्काका अनुसार  पुनले मानसिक संतुलनमा केहि समस्या भएको जस्तो व्यवहार देखाउनुहुन्थ्यो । पुनको शव पोष्टमार्टमाका लागि पेनाङको एक स्थानीय अस्पतालमा लगिएको, तर अहिलेसम्म शव नेपाल पठाइयो कि अस्पतालमै छ भन्ने कुरा कम्पनीले जानकारी नगराएको रोक्काले बताउनुभयो । पुन काठमाडौंको कान्तिपुर ओभरसिजबाट कामका लागि मलेसिया पेनाङको एक सुपर मार्केटमा आउनुभएको थियो ।source taja khabar






प्रतिक्रिया दिनुहोस्...