बहराइन काम गर्न जाँदा पैसा नलाग्ने



Apr 3, 2015
२० चैत, काठमाडौ ।


नेपाली कामदारले रोजगारीका लागि बहराइन जाँदा एक पैसा तिर्नु नपर्ने भएको छ । नेपाल भ्रमणमा रहेका बहराइनी अधिकारीले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँग भेटमा नेपाली कामदार लैजाँदा लाग्ने सबै खर्च उतैबाट बेहोर्ने सहमति जनाएका हुन् ।

बहराइनका श्रम बजार नियमन निगम प्रमुख समान अब्दुलाह अल अबासीले भिसा शुल्क, टिकट खर्च र नेपाली म्यानपावर कम्पनीले कामदार पठाउँदा गर्ने खर्चसमेत उतैबाट बेहोर्ने बताएको छ । ‘कमिसन पनि उतैबाट दिन्छौं,’ राज्यमन्त्री गुरुङले अल अवासीको भनाई उदृत गदै भने ।

अहिलेको तुलनामा १० गुणा बढी कामदार लिने पनि अल अवासीले बताएका छन् । आजको नागरिकमा खबर छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar




प्रतिक्रिया दिनुहोस्...