"विमानका एक पाइलटले अर्का पाइलट कुटेपछि…
२३ चैत, एजेन्सी ।
भारतको हवाइ इतिहासमा अनौठा अनौठा घटना घटिनै रहन्छन् । तर हवाइ जहाजका पाइलटबीच ककपिटभित्रै घम्सा घम्सी परेको भने पहिलो पटक सार्वजनिक भएको छ ।
भारतको जयपुर विमानस्थलमा आइतबार साँझ एयर इन्डियाको विमानका पाइलट र को पाइलटबीच ककपिट भित्रै लडाइँ भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
ककपिटमा झगडा भएपछि को पाइलटले जहाजका प्रमुख पाइलटलाई ककपिटमै मुक्का हानेका थिए । एयर इण्डियाको एयरबस ए-३२० विमानमा यस्तो घटना भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
प्रमुख चालकले आफ्ना सहयोगी सहचालकलाई विमानको सबै बुझ्न पठाएपछि उनीहरुबीच झगडा भएको बताइएको छ । एयर इण्डियाले भने विमानमा भएको घटना सञ्चार माध्यममा आएको जस्तो नभएको दावी गरेको छ ।
source:nepali headline
