..अरुकी श्रीमतीसँग यौन सम्पर्क गर्ने युवकलाई गाउँलेले समाए
अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ । विवाहित महिलासँग यौन सम्बन्ध राख्ने दिक्तेल नगरपालिका-२ का ४८ वर्षीय तुलसीराम आचार्य पक्राउ परेका छन्। गाउँलेले समाएर उनलाई प्रहरीकहाँ बुझाएका हुन्।
घटनापश्चात पीडितले दिएको जाहेरी र स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा आरोपितविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ। पीडित महिलाको जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा चैत २७ गते स्वास्थ्य परीक्षण गरिएको थियो। पीडित महिलाका पति वैदेशिक रोजगारीमा छन्।
डीएसपी खरेलका अनुसार उनीहरूबीच लामो समयअघिदेखि यौन सम्बन्ध हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। यता पीडकले भने सहमतिमा सम्बन्ध राखिएको भए पनि अरुले थाहा पाएपछि जबरजस्ती भनेर उजुरी दर्ता गरेर आफूलाई फसाउन खोजेको आरोप लगाएका छन्। अहिले हुने गरेका अधिकांश यौनजन्य घटना सहमतिमा भए पनि आफन्तले थाहा पाएपछि जबरजस्ती करणी हुने गरेको इन्सेक खोटाङका प्रतिनिधि डीएम चाम्लिङले बताए।source:taja khabar
