.श्रीमती पढाउने, श्रीमान तिनै विधार्थीलाई ठमेलको गेष्ट हाउस लगेर बलात्कार गर्ने
April 17, 2015
काठमाडौं । राजधानीको लाजिम्पाटमा बस्दै आएकी एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्। गत चैत २१ गतेको घटनामा पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएपछि बिहिबार मात्रै सार्वजनिक भएको हो।
प्रहरीले बालात्कारमा संलग्न भएको आरोपमा लाजिम्पाटका निलकण्ठ महर्जनलाई पक्राउ गरेको छ। महर्जनले ठमेल स्थित गेष्ट हाउसमा पुर्यातएर ती बालिकालाई बलात्कार गरेको आरोप पीडितका आफन्तको छ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सीताराम रिजालका अनुसार पीडित बालिकाले नै आफ्नी शिक्षिकालाई आफू बलात्कृत भएको बताएपछि घटना परिवार हुँदै प्रहरीसम्म पुगेको हो।
सानैमा आमा गुमाएकी ती बालिका घरमै ट्युसन पढेर प्राईभेट परिक्षा दिंदै आएकी थिईन् । प्रहरीले पक्राउ गरेका व्यक्ति ती शिक्षिकाका पति हुन्।
डिएसपी रिजालका अनुसार बालिकाको स्वास्थ्य परिक्षणका लागि थापाथली स्थित प्रसुति गृहमा पठाईएको छ। सोह्रखुट्टे वृत्तमा बिहिबार पीडित र पीडकका आफन्तको ओईरो लागेको थियो। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।
