..मलेसियामा कामदार पठाउन रोकिने
४ वैशाख, काठमाडौ ।
सरकारले नेपाली कामदारको पहिलो श्रम गन्तव्य बन्दै आएको मलेसिया जान रोक लगाउने तयारी गरेको छ ।
म्लेसियामा पछिल्लो समय नेपालीले दुःख पाउने र त्यहाँका जेल तथा घरफिर्ती केन्द्रमा समेत बेइजयतीपूर्ण यातना दिने गरिएको सार्वजनिक भएपछि यस्तो तयारी गरिएको हो । यसका लागि मलेसिया सरकारसँग पत्राचार भइसकेको श्रम तथा रोजगार मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
श्रम तथा रोजगार सचिव भोलाप्रसाल सिवाकोटीले वैदेशिक रोजगारका गन्तव्यमध्ये मलेसियामा सबैभन्दा बढी समस्या देखापरेकाले बन्द गर्ने तयारी भइरहेको बताए ।
उनका अनुसार निःशुल्क टिकट र भिसा आएकामा बाहेक अन्य तरिकाले कामदार पठाउन रोकिनेछ । आजको नागरिकमा खबर छ ।
