विमानस्थलमा २ विमान जुधे । विमानस्थलका सबै काम अवरुद्ध
१८ चैत, डब्लिन ।
आयरल्याण्डको डब्लिनस्थित विमानस्थलमा २ विमान आपसमा जुधेपछि त्यहाँ उडान र अवतरण सेवा अवरुद्ध हुन पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
पोल्याण्डको वार्सा जान लागेको विमान र जर्मनीको फ्र्यान्कफर्टबाट आएको विमानका पखेटा एक आपसमा ठोक्किएपछि विमानस्थलमा तनाव भएको थियो ।
ठोक्किएको मध्ये एक विमान अहिले सम्म पनि विमानस्थलमै रहेको बताइएको छ । युरोपमै सबै भन्दा सस्तो मानिने राइनेर विमान सेवाको विमान एक आपसमा ठोकिएका हुन् ।
विमान ठोक्किएपनि यात्रुहरु भने सुरक्षित रहेको बताइएको छ ।source:nepali headline
