.फेसबुकमा ‘सुसाइड नोट’ लेखेर डाक्टरले गरिन् आत्महत्या
भारतको दिल्लीमा एक ३१ वर्षिया डाक्टरले फेसबुकमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी छन्।
पेसाले डाक्टर रहेकी प्रिया वेदीले फेसबुक स्टाटसमा समलिंगी श्रीमान्ले दिने यातना सहन नसकेर आत्महत्या गरेको बताएकी छन्।
उनले स्टाटसमा अहिलेसम्म आफूहरुबीच शारीरिक सम्बन्ध नभएको बताएकी छन्। श्रीमान्लाई धेरै माया गर्ने भएकाले जुनसुकै अवस्थामा पनि उनलाई साथ दिने र सहयोग गर्ने सोचले सँगै बसेको उनले उल्लेख गरेकी छन्। तर, श्रीमानले मानसिक तनाव दिन नछोडेका कारण मृत्यु रोज्न बाध्य भएको लेखेकी छन्।
सुसाइड नोटमा उनले कोही पनि समलिंगी पुरुषले विवाह गरेर युवतीको जिन्दगीलाई बर्बाद नपार्न पनि सुझाव दिएकी छन्। कसैलाई पनि कुनै युवती र उनको परिवारको भावनासँग खेलबाड गर्ने अधिकार नभएको पनि उनले लेखेकी छन्।
प्रियाले अस्पतालको निवास छोडेर होटलको कोठामा गई ब्लेडले नाडी काटेर आत्महत्या गरेकी थिइन्। उनको फेसबुक स्टाटसकै आधारमा प्रहरीले उनका श्रीमान् कमललाई प्रक्राउ गरी अदालतमा मुद्दा दायर गरेको छ।source:seto pati
