..वार्षिक १५ सय नेपाली कामदार इजरायल लगिँदै



२९ चैत, काठमाडौ । सरकारले घरेलु कामदारका लागि फेरि नेपालीहरुलाई इजरायल लैजाने भएको छ । यसअघि घरेलु कामदारको रुपमा नेपाली कामदार इजरायल जाने गरेकोमा म्यानपावर एजेन्सीहरुले ठगी गरेको भन्दै इजरायल सरकारले कामदार लिन बन्द गरेको थियो ।
सात वर्षअघिदेखि कामदार लिन बन्द गरिएपछि केही वर्षयता साना किसान बैंकले प्रशिक्षार्थीका रुपमा कामदारहरु पठाउँदै आएको छ । इजरालय कामदार लैजान बन्द गरिएपछि नेपाल सरकारले पटक पटक छलफल चलाउँदै आए पनि सहमति हुन सकेको थियो ।
पछिल्लो पटक इजरालय सरकारसँग भएको सहमति अनुसार इजरायल सरकारीले नै नेपाली अधिकारीहरुको रोहबरमा कामदार छनोट गरी लैजाने सहमति भएको छ । सहमति पत्र परराष्ट्र मन्त्रालय पुगिसकेको मन्त्रालय स्रोतले जनाएको छ ।
सहमति अनुसार वार्षिक १५ सय नेपाली कामदार निःशुल्क इजरायल जान सक्नेछन् । मासिक एक लाख भन्दा बढी आम्दानी हुने भएपछि नेपालीहरुको इजरायलप्रति आकर्षण बढेको छ ।
साना किसानले ४९० प्रशिक्षार्थी लैजाने
तीन वर्षअघिदेखि प्रशिक्षार्थीका रुपमा नेपालीहरुलाई इजरायल पठाउँदै आएको साना किसान विकास बैंकले आगामी जुलाईदेखि थप नेपाली पठाउने भएको छ । वैंकले तेस्रो चरणमा ४९० जनालाई इजरायल लैजाने तयारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले बताए । तेस्रो चरणको प्रशिक्षार्थी लैजाने प्रक्रिया आगामी जुलाईदेखि सुरु हुने उनले बताए ।
इजरायल सरकारले कामदारको रुपमा नेपालीहरु लैजान रोकेपछि साना किसान बैंकले आफ्ना सदस्यहरुबाट छनोट गरी प्रशिक्षार्थीका रुपमा नेपालीहरुलाई इजरायल पठाउँदै आएको छ । पहिलो चरणमा २०४ जना नेपाली कामदारलाई प्रशिक्षार्थीका रुपमा इजरायल पठाएको बैंकले दोस्रो चरणमा ५१५ जनालाई पठाएको छ । पहिलो चरणका सवै प्रशिक्षार्थी कामदार स्वदेश फर्किसकेका छन् ।
साना किसानले पठाएका प्रशिक्षार्थीहरुले १० देखि ११ महिना काम गर्ने र मासिक एक लाख रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन् । उनीहरुले सातामा ५ दिन फिल्डमा उन्नत कृषि खेतीको काम गर्नेछन् भने एक दिन कलेजमा गई अध्ययन गर्नेछन् ।source:taja khbar





प्रतिक्रिया दिनुहोस्...