मातातीर्थमा सवारी प्रवेशमा रोक, थप समाचार पढ्नुहोस्



मातातीर्थ औंसीका अवसरमा मातातीर्थमा लाग्ने मेला व्यवस्थित बनाउन ट्राफिक प्रहरीले विशेष व्यवस्था गरेको छ। 



शनिबार बिहान ४ बजेदेखि थानकोट कलंकी सडक खण्डबाट मातातीर्थ प्रवेश गर्ने मुख्य स्थान गुर्जुधारा, टेलिकम र बौथली चोकबाट मातातीर्थतर्फ जाने र बौथली चोकबाट सतुंगलतर्फ आउने सबै सवारीसाधनको प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको अन्नपूर्ण पोस्टमा खबर छ।

त्यस्तै सिप्रदी अगाडिको पुलबाट बोसेगाउँ हुँदै मातातीर्थतर्फ पनि मोटरसाइकलबाहेकका सबै सवारीसाधनलाई मातातीर्थतर्फ जान निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।  source dc nepal 




प्रतिक्रिया दिनुहोस्...