.मलेसियामा दुई महिनादेखि बेपत्ता भएका नेपाली जेलमा भेटिए
अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ । क्वालालाम्पुर, मलेसियामा दुई महिनादेखि मलेसियामा बेपत्ता भएका धरानका सरोज बिष्ट जेलमा भेटिएका छन्। बिष्ट दुई महिना अघि घर जाने तयारी गरिरहेका बेला एकाएक बेपत्ता भएका थिए।
आज सरोज मेलेसियाको कुलुवाङ जेलमा भेटिएको राजदुत नीरन्जनमानसिंहले जानकारी दिएका छन्।
के कारणले सरोजलाई पक्राऊ गरिएको हो भन्ने बारे दुतावासले केही खुलाएको छैन्। यसबारे यहाको प्रहरीसग जानकारी लिने दूतावासले जनाएको छ।source:taja khabar
