.तीन करोडमा लोभमा आफ्नै छोरीको हत्या
झुन्डिएर आत्महत्या गरेको वा हत्यामा प्रयोग भएको डोरीको गाँठोको मूल्य तीन करोडमा बिक्री हुने प्रलोभनमा परी आमाबाबुले आफ्नै आठ वर्षीया नावालिकाको हत्या गरेको घटना सार्वजनिक भएको छ ।
स्याङजाको केवरेभन्ज्याङ गाविसका आठ वर्षीया रिता विकलाई योजनावद्द रुपमा झुन्ड्याई मारेको आरोपमा सौतेनी आमा २१ वर्षे कल्पना केसी विकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४७ वर्षीय बुबा सोबितबहादुर बिक,तनहुँ व्यास नगरपालिकाका सिद्दकुमार शाही र सल्यानका हरिप्रसाद बोहोरा रहेका छन् । व्यास नगरपालिकाका सिद्दकुमारले झुन्डिएर मर्दा डोरीमा परेको गाँठोको मूल्य तीन करोड पर्ने बताएपछि चारै जनाको मिलेमतोमा बालिकालाई झुन्डाएर मारी खाडलमा पुरेको रहस्य खुलेको बताइएको छ।source:nepal japan
