.शाहरुख खानको छोरा पनि हिरो बन्दै
बलिउड बादशाह शाहरुख खानको छोरा आर्यन पनि हिरो बन्न चाहन्छन र यसका लागी उनी जोडतोडका साथ तयारीमा लागेका छन । उनलाई हिरो बनाउने काम भने अब आफ्नै बुवा शाहरुखले गर्ने भएका छन ।
बताइएअनुसार शाहरुख हलिउड ओस्कर विजेता फिल्म ‘बायहुड’को रिमेक बनाउदैछन र सोहि फिल्मबाट आर्यनलाई बलिउड डेब्यु गराउदैछन । समाचारअनुसार यस फिल्मको रिमेक राइट्स पाउनको लागी शाहरुखले कुराकानी समेत थालिसकेका छन ।
फिल्ममा शाहरुख स्वयम पनि हुनेछन भने उनका अर्का छोरा अबराम पनि हुने बताइन्छ । फिल्मका लागी शाहरुले निर्देशकसँग पनि छलफल थालिसकेका छन ।
शाहरुख पुत्र आर्यन बलिउडका लागी नयाँ अनुहार भए पनि उनी सेलेब्रेटीभन्दा कम छैनन । उनी केहि महिनाअघि अमिताभ बच्चनकी नातिनीसँगको एक गोप्य भिडियोका कारण पनि चर्चामा आएका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:nepali aawaj
