..भूमध्य सागरमा भयानक दुर्घटनाः समुन्द्रमा डुबे ७०० मानिस
Apr 19, 2015
६ बैशाख, एजेन्सी ।
६ बैशाख, एजेन्सी ।
भूमध्य सागरमा भयानक दुर्घटना भएको समाचार छ । टाइम्स अफ इण्डियाले जनाए अनुसार भूमध्य सागरमा शरणार्थी लिएर गैरहेको डुङ्गा डुब्दा कम्तिमा ७०० जना डुबेर मरेको आशंका गरिएको छ ।
शनिबार राति लिबियाको समुद्री क्षेत्रबाट इटालीको ल्याम्पेडूसा टापुतिर जाँदै गरेको डुङ्गा दुर्घटनामा परेको थियो । लिवियाली तट क्षेत्रबाट कम्तिमा २८ जनाको उद्दार गरिएको छ ।
टाइम्स अफ माल्टामा आइतबार प्रकाशित समाचारमा यो दुर्घटनाबारे उल्लेख भएपनि अन्तराष्ट्रिय सञ्चार माध्यममा फरक फरक विवरण सार्वजनिक भैरहेका छन् ।
इटालीका अधिकारीहरुले दुर्घटनामा परेकाहरुलाई बचाउने काम भैरहेको जानकारी दिएका छन् ।
दक्षिणी भूमध्य सागरमा भएको पछिल्ला केही दशक यताकै सबै भन्दा भयानक दुर्घटना मानिएको छ । यहाँ भएका दुर्घटनामा यो वर्ष मात्र कम्तिमा १५०० जना मरिसेका छन् ।
अत्याधिक भिडका कारण डुङ्गा असन्तुलित भएर पानीमा डुबेको समाचारमा उल्लेख छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar
