भद्रगोलका ‘बले’ को मृत्युको खबरले सनसनी
हाँस्य टेलिश्रृङ्खला भद्रगोलका कलाकार बलेको मोटर साईकल दुर्घट्नामा मृत्यु भएछ ।’ यो खबर आफुलाई कसैले सुनाएको भन्दै जान्ने जिज्ञासा राखिरहेका थिए उक्त श्रृङ्खलाका एक दर्शक । सुटिङका दौरान
मोटरसाईकल दुर्घट्ना परि उनको निधन भएको भन्ने समाचारले बजारमा निकै सनसनी फैलियो । यो खबर सुन्नासाथ जिष्टखबरले उनको मोबाईल फोनमा सम्पर्क गर्दा स्विच अफको आवाज आयो । त्यसपछि भद्रगोल सिरियलका सिते बा अर्थात ‘बले’का बा को भूमिकामा रहेका मधुसुधन पाठकसँग कुराकानी भयो उनले समाचारमा सत्यता नभएको जानकारी दिए । उनले यो खबर कसरी आयो भन्नेमा अनभिज्ञता प्रकट गरे । हरेक शुक्रबार राती ९ बजे नेपाल टेलिभिजनबाट प्रशारण भैरहेको भद्रगोल अहिले चल्तीको हाँस्य टेलिश्रृङ्खलामा पर्छ । बले अर्थात सागर लम्सालसँग यो समाचारपछि फेरि कुराकानी गर्ने प्रयास भयो । योपल्ट भने उनीसँग कुराकानी भयो, मृत्युको समाचार कसरी आयो भन्ने कुराले आफु नै अन्यौलमा रहेको उनले बताए । सागरले भने–‘मलाई यो प्रश्न सोध्ने नै हजारौं भैसके । कसले यो हल्ला मच्चायो, थाहा भएन ।’ - Source : zestkhabar
