छोरी मारेर डोरीको ब्यापार :तीनजना पक्राउ



स्याङजा,वैशाख ६ – झुन्डिएर आत्महत्या गरेको वा हत्यामा प्रयोग भएको डोरीको गाँठोको मूल्य तीन करोडमा बिक्री हुने प्रलोभनमा परी आमाबाबुले आफ्नै आठ वर्षीया नावालिकाको हत्या गरेको घटना सार्वजनिक भएको छ । स्याङजाको केवरेभन्ज्याङ गाविसका आठ वर्षीया रिता विकलाई योजनावद्द रुपमा झुन्ड्याई मारेको आरोपमा सौतेनी आमा २१ वर्षे कल्पना केसी विकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा ४७ वर्षीय बुबा सोबितबहादुर बिक,तनहुँ व्यास नगरपालिकाका सिद्दकुमार शाही र सल्यानका हरिप्रसाद बोहोरा रहेका छन् । व्यास नगरपालिकाका सिद्दकुमारले झुन्डिएर मर्दा डोरीमा परेको गाँठोको मूल्य तीन करोड पर्ने बताएपछि चारै जनाको मिलेमतोमा बालिकालाई झुन्डाएर मारी खाडलमा पुरेको खुलेको छ ।







प्रतिक्रिया दिनुहोस्...