.मलेसियामा छोराले दुख पाएको खबर सहन नसकि नेपालमा आमाको मृत्यु
२५ चैत ।
धन कमाउने र साहुको त्रृण तिर्ने सपना बोकी बैदेशिक रोजगारमा गएका कान्छो छोराले बिदेशमा दुख पाएको कुरा फोन मार्फत रुदै सुनाएपछि सुन्न नसकी आमाको मृत्यु भएको छ । छोराले बिदेशमा पाएको दुख फोन मार्फत सुनाएपछि सहन नसकी बिराटनगर उपमहानगरपालीका १८ स्थित मिलादेवी राजवंसीको मृत्यु भएको हो ।
धन कमाउने र साहुको त्रृण तिर्ने सपना बोकी बैदेशिक रोजगारमा गएका कान्छो छोराले बिदेशमा दुख पाएको कुरा फोन मार्फत रुदै सुनाएपछि सुन्न नसकी आमाको मृत्यु भएको छ । छोराले बिदेशमा पाएको दुख फोन मार्फत सुनाएपछि सहन नसकी बिराटनगर उपमहानगरपालीका १८ स्थित मिलादेवी राजवंसीको मृत्यु भएको हो ।
सुनसरीको इटहरीमा बुधवार दिउसो आयोजीत पत्रकार सम्मेलनमा पिडित पक्षले यस्तो बताएका हुन । तिन महिना अघि मलेशियाको क्वालालम्पुर स्थित रोजगारमा निस्किएका कान्छा छोरा ब्रजनारायण राजबशी विश्वासले मेनपावरले जुन काममा पठाएको सो नभएकोले आफु पिडामा परेको रुदै आमालाई बताएपछि छोराको कुरा सहन नसक्दा आमा मिलादेवीको मृत्यु भएको पत्रकार सम्मेलनमा पिडित पक्षले बताएका छन ।
इटहरी स्थित एडभान्स रिक्रुटमेण्ट सर्भिसेज प्रालिका सञ्चालक अर्जुन तामाङ्गले मलेसियाको् बुमी टङ््््गाल एम एडीएन बीएचडी भन्ने कम्पनीमा सेल्समेनका लागि अन्तरबार्ता दिएर कम्पनीको क्लिनर काममा हस्ताक्षर गराई राजवंसीलाई मलेशिया पठाएको पिडितहरुले पत्रकार सम्मेलनमा बताएका छन । कामकै शिलशिलामा बिरामी परेपछि पनि साहुले लगातार कुटपिट गर्दे काममा लगाउने गरेको कुरा फोनबाट आमा मिलादेवीलाई सुनाएपछि सहन नसकी हटयाटयाक भएर उन्को मृत्यु भएको मृतक मिलादेवीका छोरा शेखर राजवंसीले पत्रकार सम्मेलनमा बताए ।
भाइ बज्र नारायणले पाएको दुख कष्टको विषयमा इटहरी स्थित मेनपावर कम्पनीका सञ्चालक अर्जुन तामाङलाई पटक पटक जानकारी गराई आफनो भाइलाई तत्काल फर्काउन आग्रह गर्दा पनि उन्ले कुनै चासो नराखेको कारण आफनो आमाको मृत्यु भएको पिडित छोरा शेखरले बताए । घटना पछि पिडित पक्षहरु बिहीवार उक्त मेनपावरबिरुद्ध श्रम मन्त्रालयमा ठगिको विषयमा मुद्धा दायरा गरीने पत्रकार सम्मेलनमा बताइएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:nepali aawaj
